बुधबार, वैशाख १६, २०८३

यार्सा टिप्न गएका मुगुका ३ जनाको मृत्यु

मेरोन्यूज २०८१ जेठ १९ गते १७:५९

मुगुहिमाली जिल्ला मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ । जसमा छायाँनाथ रारा नगरपालिका वडा नं १२ सुमन बुढा वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ बर्षिय शोभान बुढा लेक लागेर मृत्यु भएको हो ।  

Advertisement
NiccNicc

उनीहरु सँगै सिकिस्त बिरामि भएका राज बहादुर साँवतको पनि शनिवार दिउँसो ठुलो कोईकी पाटन बाट मुगु गाउँ तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल मुगुका जवान तिलक बढुवाल जानकारी दिए ।

यो सँगै मुगुमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि बिरेन्द्र थापाले बताए ।  मृतक तीनै जना एउटै वडा १२ नम्वरका स्थानीय युवा हुन । 

उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेक लागेर ,  लडेर , हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ । 

गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो । पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ । मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।    

प्रतिक्रिया