सोमबार, पुष २८, २०८२

आज टी-२० विश्वकपमा तीन खेल ,पहिलो खेल अफगानिस्तान र युगान्डाबीच

मेरोन्यूज २०८१ जेठ २२ गते ६:३९

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन् ।

आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदै छ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै आज तेस्रो खेल समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
 

प्रतिक्रिया