बेलुका खाना खाएपछि हिँड्नु कति फाइदाजनक ?

काठमाडौँ। खानपान, जीवन पद्धति, विचार, मानवीय सम्बन्ध सबैसबैमा सन्तुलनको आवश्यक छ । जहाँ सन्तुलन त्यहाँ स्वस्थता । सन्तुलन नै सार्थक जीवनको आधार हो ।
शरीरले खानाबाट आवश्यक तत्वहरू चाहिने जति सोसेर लिन्छ र धेरै तत्वहरू बाहिर फाल्ने गर्छ ।
जब बाहिर फाल्ने प्रक्रियामा अवरोध उत्पन्न हुन थाल्छ, धेरै तत्वहरू शरीरमै जम्मा हुन थाल्छन् । यी रगतको माध्यमले शरीरको कोषकोषमा पुग्छन् । यो अवस्था धेरै समयसम्म चलिरहन्छ र पछि यसैबाट शरीरको अङ्गहरूमा समस्या देखापर्छ । जसबाट रोगको सुरुवात हुन्छ ।
पोषणविद सुजा मोक्तानका अनुसार स्वस्थ रहनको लागि सन्तुलित आहारका साथै शारीरिक व्यायाम पनि निकै महत्त्वपूर्ण छ।
नियमित रूपमा शारीरिक क्रियाकलाप गर्नाले धेरै स्वास्थ्य लाभहरू प्राप्त गर्न सकिन्छ। खासगरी बेलुकाको खानापछि हिँड्दा धेरै स्वास्थ्य लाभ हुन्छ ।
हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण, भिटामिन र मिनरल्सहरूको सन्तुलन मिलाएर सेवन गर्दा शरीरका अंगहरूले राम्ररी काम गर्छन् । जसकारण, शरीरको ऊर्जा बढेर जान्छ, तौल नियन्त्रणमा रहन्छ, पाचन प्रणाली मजबुत रहन्छ, मानसिक अवस्था सुदृढ हुन्छ र विभिन्न रोगबाट पनि बच्न सकिन्छ ।
शरीरको बनावटलाई ख्याल गरेर त्यहीअनुसार सन्तुलित भोजन लिनुपर्छ, किनकी सबैको शरीरलाई फरक फरक पोषणको आवश्यकता हुन्छ ।
शारीरिक अवस्थाअनुसार हामीलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र कार्बोहाइड्रेटको मात्रा पनि फरक–फरक हुन्छ ।
बेलुकाको खाना ६ देखि ८ बजेभित्र खाँदा राम्रो हुन्छ । बेलुकीको खानामा तरकारी तथा सागसब्जी समावेश गर्नुपर्छ ।
बेलुका शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले कम खाँदा राम्रो हुन्छ । सुत्ने समयमा शरीर धेरै सक्रिय नहुने भएकाले धेरै खाँदा पचाउन कठिन हुन्छ । प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खानुपर्छ ।
यस्तै खानापछि हिँड्दा स्वस्थ तौल कायम राख्न र अतिरिक्त तौल घटाउन मद्दत गर्छ। यसले भोक नियन्त्रण गर्न र अस्वस्थ स्न्याक्स खाने इच्छालाई पनि कम गर्न मद्दत गर्छ।
खाना खाइसकेपछि हिड्ने जस्ता हल्का क्रियाकलाप गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र यसलाई धेरै बढाउँदैन, जसले कलेजो र मांसपेशीहरूलाई असर गर्छ। यसरी छिटो हिड्नु मधुमेहमा फाइदाजनक हुन्छ।
प्रत्येक खानापछि १० मिनेटको लागि छिटो हिड्नुले पाचन सुधार गर्दछ, किनकि यसले पेट र आन्द्राहरूलाई उत्तेजित गर्छ र खानालाई पाचन प्रणालीमा छिटो सार्न मद्धत दिन्छ।
तीव्र गतिमा हिड्दा कोलेस्ट्रोल र रक्तचाप कम हुन्छ। साथै, यसको कारण, हृदयघात, स्ट्रोक र अन्य हृदय सम्बन्धित समस्याहरूको जोखिम कम हुन्छ।
छिटो हिड्दा (विशेषगरी बेलुकाको खानापछि) सर्काडियन लयलाई नियमित गर्न मद्दत गर्दछ । यसले शरीरको प्राकृतिक निद्राबाट ब्यूँझने समस्यालाई सुधार गर्दछ र निदाउन सजिलो बनाउँछ।
(पोष्णविद् सुजा मोक्तान न्यूट्रिसियन एण्ड डाइट क्ल्निकमा कार्यरत छन्)

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया