दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दै सोमपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् ।
यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए। त्यसबेला उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सोमपालले हालसम्म नेपालका लागि ५४ एकदिवसीय र ६५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एकदिवसीय खेलमा ७१ विकेट र टी-२० मा ५८ विकेट लिएका छन् भने ३१५ रन जोडेका छन् । सोमपालकाे ब्याटिङ स्ट्राइक रेट ११५.३८ रहेको छ ।
सन् २०१४ को जनवरीमा यूएईविरुद्ध डेब्यू गरेका सोमपालले सोही वर्ष बंगलादेशमा आयोजित विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध डेब्यु गरेका थिए । उनले उक्त खेलमा ४ विकेट लिएका थिए ।
नेपालले इतिहासमै दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । सोमपाल र नेपालले दोस्रो पटक विश्वकप खेल्दा समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया