‘नाट्टा’ को अध्यक्षमा दुई जनाको उम्मेदवारी

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
नाट्टाको यही जेठ २५ गते हुन लागेको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिएका हुन् ।
दुई कार्यकाल टानको बोर्ड सदस्य भएर काम गरेका दाहाल कोलम्बस ट्राभल्सका सञ्चालकसमेत छन् । ताप्लेजुङका दाहाल विगत तीन दशकदेखि ट्राभल, टुर र ट्रेकिङ पेशामा आबद्ध छन्।
नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । चितवनका थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालकसमेत हुन् ।
वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ । सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।
सदस्यमा दिनेश मैनाली, सुदर्शन गजुरेल, श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया