नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।
त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए ।
यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण २ विकेट हासिल गरेको छ । अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ भने नेदरल्याण्डसले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।












अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया