टी-२० विश्वकप : पपुवा न्यूगिनीलाई युगान्डाले हरायो

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।
प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।
पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८.१ ओभरमा भेटाएको हो ।
लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको युगान्डाले रिआजत अली साहको धैर्यतासँगै जित हात परेको हो । रिआजतले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए ।
अर्का ब्याटर जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ओपनर रोगर मुकासा र अर्का ब्याटर दिनेश नाक्रानी शून्य रनमै आउट भए ।
पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुई/दुई, चाद सोपर र असाद भालाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।
हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।
पराजित भएका हुन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया