गुनासो सुन्न दैनिक ५० जना नगर प्रहरी खटाउँदै ललितपुर महानगर

काठमाडौं। ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने अभियान महानगरले थालेको हो ।
नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरेरनतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी बताए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेसम्म मबाट जानी जानी गल्ती भएको छैन तर, कतै दायाँवाँया भएको भए सुधार गर्न सहयोग पुग्छ । महानगरलाई गुनासो सम्बोधन गर्न अभियान सुरु गरेका हौं।’
घर घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने प्रष्ट पारे ।
हरेक साता नगरप्रमुखलाई जानकारी
घर(घरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउनेछ ।
उक्त अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह(समूह बनाएर घर(घरमा नगर प्रहरी पठाइने छ । एउटा समूहमा ५ जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।
नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिएर नलिएको बुझ्ने छ भने निस्शुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने उनले बताए । उनले भने, ‘अभियान १ महिनासम्म रहन्छ, यो अवधिमा सबैको घरघरमा र पसलपसलमा नगरप्रहरी पुग्छ,’ हाछेथुले भने ।
अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगरप्रहरीसँग हातेमालो गरेर काम गर्दा सहज भएको बताए ।
उनले नगर प्रहरीसँगसँगै नेपाल प्रहरी पनि खटिदाँ शान्ति सुरक्षा कायम गर्न सजिलो हुने बताए । विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका विषयमा उपलब्धिमूलक काम गर्न सकिने बताए । यस अघि महानगरपालिकाले वातावरण प्रहरी गठन गरिसकेको छ ।
उक्त टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याक्ने थोत्रा सवारीसाधनलाई कारबाहि गर्ने महानगरले जनाएको छ ।
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया