बुधबार, वैशाख ९, २०८३

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

मेरोन्यूज २०८३ वैशाख ९ गते १६:३७

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

Advertisement
NiccNicc

फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनीहरुबाट रु पाँच करोड ३६ लाख ५४ हजार १७ जरिवाना असुल गरिएको उनले बताए ।

सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ । उनले भने, “फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ ।”

गतआवमा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ परेका थिए । उनीहरुबाट १२७ वर्ष छ महिना तीन दिन कैद भुक्तान भएको थियो । पक्राउ परेका उनीहरुले रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना भुक्तान गरेका थिए । फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिए । कार्यालयले चालु आवमा ५३ सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया