आइतबार, वैशाख २०, २०८३

टी-२० विश्वकप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै श्रीलंका

मेरोन्यूज २०८१ जेठ २६ गते ६:५१

काठमाडौं । आईसिसी टी-२० विश्वकपमा अहिले श्रीलंकाले बंगलादेशविरुद्ध ब्याटिङ गर्दैछ।

Advertisement
NiccNicc

टस जितेर बंगलादेशले सुरुमा फिल्ड रोजेपछि श्रीलंकाले सुरुमा ब्याटिङ गरेको हो। समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

दक्षिण अफ्रिका दुई अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान दुई अंकसहित दोस्रो स्थानमा छ। नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन् भने बंगलादेश आज पहिलो खेल खेल्दैछ।

प्रतिक्रिया