टी-२० विश्वकप: नेदरल्याण्डसमाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित

काठमाडौँ । दक्षिण अफ्रिकाले नेदरल्याण्डसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
जारी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा दक्षिण अफ्रीकाले नेदरल्याण्डसलाई ४ विकेटले पराजित गरेको हो । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले दिएको केवल १०४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
दक्षिण अफ्रीकाको जितमा डेभिड मिलरले अविजित ५९ रन बनाएका थिए भने क्रिस्टन स्ट्ब्सले ३३ रन बनाएका थिए । नेदरल्याण्डसले यस खेलमा दक्षिण अफ्रिकालाई शुरुदेखि नै दबाबमा राखेको थियो । शुन्यमै पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले १२ रन बनाउदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । तर स्ट्ब्स र मिलरले सुझबुझपूर्ण ब्याटिंग गरेपछि जित दिलाएका थिए ।
नेदरल्याण्डसका लागि भिभीयन किन्ग्मा र लोगन भान बीकले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो । नेदरल्याण्डसका लागी साइब्राण्ड एंगेलब्रेचले ४० रन बनाएका थिए भने लोगान भन बीकले २३ रन बनाएका थिए ।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टमानले ४ विकेट लिए भने एनरीच नोकिया र मार्को जानसेनले २-२ विकेट लिएका थिए ।
यो जितपछि समुह डी मा दक्षिण अफ्रिकाको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको भने २ खेलमा २ अंक रहेको छ ।
अब अर्को खेल दक्षिण अफ्रिकाले जुन १० मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने नेदरल्याण्डसले जुन १३ मा बंगलादेशविरुद्ध नै खेल्ने छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया