मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् ।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकाङ्क्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ”, उनले भनेक छन्।
राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफुले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहनुभएका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख गरेका छन् । उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन्।
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया