कमेरोटार आयोजना २१ वर्ष बितिसक्दा पनि अझै अलपत्र, छिटो सम्पन्न गर्न स्थानीयको माग

भक्तपुर । भक्तपुरका स्थानीयले कमेरोटार जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गर्न माग गरेका छन् ।
मध्यपुरथिमि‐५ राधेराधेस्थित सङ्गम कोलोनीमा आज आयोजित आडाम्स ठिमीको २९औँ वार्षिक साधारणसभामा कमेरोटारवासीले तीन वर्षमा सम्पन्न गर्ने भनेर सुरु गरेको आयोजना २१ वर्ष बितिसक्दा पनि अलपत्र पारेको भन्दै छिटो सम्पन्न गर्न माग गरेका हुन् ।
साधारणसभाको उद्घाटनमा प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आयोजना समयमै सम्पन्न नहुँदा थप आयोजना र विकास बजेटसमेत भित्र्याउन समस्या भइहरेको बताए । उनले खानेपानी, ढल र सडकको समस्या छिटो समाधान गर्नुपर्ने बताउँदै स्थानीयवासीले आयोजनाबारे मुद्दा हालेका कारण निर्माण ढिलाइ भएको जानकारी पाएको बताए।
आयोजना उपभोक्ता समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठले ठेकेदारले धोका दिँदा सडक कालोपत्र गर्ने कार्य अलपत्र परेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले छिटो सडक कालोपत्र गर्न ठेकेदारलाई दबाब दिइरहेको र खानेपानीको समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरलाई जिम्मेवारी दिइएको बताए ।
आडाम्स ठिमीका अध्यक्ष एकराज भण्डारीले आयोजना अलपत्र पर्दा स्थानीयले वर्षौदेखि हिलो, धुलो, पानीको अभाव खेप्नुपरेको गुनासो गरे । “ आयोजनापीडित केही व्यक्तिले हालेको मुद्दामा सर्वोच्चले गरेको फैसलालाई यहाँका बासिन्दाले स्वीकारेर बैंकमा पैसा जम्मा गर्न जाँदा आयोजना र नगरपालिकाले रोकेर उल्टै अर्को मुद्दा हालेको छ । यसले आयोजना निर्माणमा अवरोध भएको छ”, उनले भने,“आयोजनाअन्तर्गतको सडक कालोपत्र, खानेपानी, विद्युत्को समस्या समयमा समाधानमा गर्नुपर्ने र ढलको उचित व्यवस्थापनमा छिटो लाग्नुपर्छ । यसमा सबैको सहयोग आवश्यक छ ।”
कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्र श्रेष्ठले बस्ती विकासका लागि आयोजना समयमै सम्पन्न गर्नु अनिवार्य रहेको भन्दै यो वा त्यो बाहनामा आयोजनालाई लम्ब्याउन नहुने बताए । डा अशोक महासेठलगायतले आयोजनाले मुद्दाका कारण समस्या भएको भनेर भ्रम छर्ने काम गरिरहेको भन्दै आयोजनाका काम छिटो सम्पन्न गर्न दबाद दिनुपर्ने बताए ।
कार्यक्रमस्थलमा स्थानीय हातेमालो महिला समूहका सदस्यहरूले आयोजना छिटो सम्पन्न गर्नुपर्ने माग गर्दै आयोजना उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
त्यसअवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । जनरल फिजिसिएन, स्त्री रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञको टोलीले एक सय ५० भन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको आडाम्स÷ठिमीका अध्यक्ष भण्डारीले जानकारी दिए ।








UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया