प्रा डा. सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन

लन्डन । एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण गरेका हुन् ।
साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा सम्विधान निर्माणदेखि नेपाल सरकार विरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन् । उनले प्रा सुवेदीजस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन् ।
गैर आवासीय नेपाली संघका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्कीरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे ।
उनले नेपाल-भारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए । उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिइन्।
उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसंग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लम्जुङ्गदेखि बेलायतसम्म प्रा सुवेदीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए।
उनले प्रा सुवेदीको जीवनी पढ्दा आफुलाई बझांगी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना आएको बताए। उनले राजा जयपृथ्वी बहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तरराष्ट्रियतावादी, मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए। उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए।
‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायसपोराको भूमिका’ विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए। उनले अन्य दक्षिण एसियाली समुदायभन्दा ढीलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ‘डबल अबभ नी एम्पुटी’ भूतपूर्व गोर्खा हरि बुढा मगर, बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्र जंग लामिछाने, चर्चित कलाकार गोविन्द साह ‘आजाद,’ द मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, गायिका सितु खरेल, गोर्खा अभियानकर्ता ज्ञानराज राइ, एनआरएन अभियन्ता दयानिधि सापकोटा लगायत समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। त्यस्तै प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो।
साहित्यकार डा संगीता स्वेच्छाले संचालन गरेको कार्यक्रममा साउथ एसिया टाइम अनलाइनका प्रधान सम्पादक भगीरथ योगीले सबैलाई स्वागत गरे भने सम्पादक डा जगन कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

















माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया