एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत
मेरोन्यूज
२०८१ जेठ २८ गते १३:५५

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गरेका थिए ।
यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गरेका थिए । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि.क.ले ३४८ मतसहित विजयी भएकी छन् ।
यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी भएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया