सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित
मेरोन्यूज
२०८१ जेठ २९ गते १६:५४

काठमाडौं। राष्ट्रियसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक पेस गरेका हुन् ।
विधेयकमाथिको छलफलमा सांसद देवेन्द्र दाहाल र कमला पन्त सहभागी थिए । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमा जनताको दैनिक कारोवार सुरक्षित गर्ने व्यवस्था रहेकोले विधेयक पारित भएसँगै यो थप व्यावहारिक र समयसापेक्ष बन्दै जाने बताए ।
त्यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक असार १८ गते पुनः बस्नेछ ।
सम्बन्धित














46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया