प्रेमीसँग विवाह गर्दै सोनाक्षी, पिता शत्रुघन भन्छन्- मलाई थाहा छैन

काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छिन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन् । अभिनेत्री जहीरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ । यद्यपी यी खबरहरु नायिकाले पुष्टी गरेकी छैनन् ।
यसैबीच उनका पिता, अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाको बयान बाहिर आएको छ । छोरीको बिहेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । शत्रुघन सिन्हाले हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनीहरुलाई पनि मिडियाबाट सुनेको जति थाहा छ । अभिनेताले भने, ‘मैले मिडियामा जति पढेको छु, सोनाक्षीले यसबारे कहिले बताउनुहुन्छ भन्ने मलाई पनि थाहा छ । हामी सधैं उनीहरूको खुशीको कामना गर्दछौं ।
योसँगै उनले भावुक भएर छोरीको निर्णयमा आफूलाई पूर्ण विश्वास रहेको बताए । शत्रुघ्नले भने, ‘हामीलाई सोनाक्षीमा पूर्ण विश्वास छ । उसले कहिल्यै कुनै अवैध वा गलत निर्णय लिने छैन । उनी वयस्क छिन्, उनीसँग आफ्नै निर्णयहरू लिने अधिकार छ ।’
सोनाक्षी सिन्हा र जहीर इकबाल लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार दुबै अब आफ्नो सम्बन्धलाई अर्को तहमा लैजान तयार छन् । यस्तो अवस्थामा दुवैले २३ जुनमा मुम्बईमा विवाह गर्ने विषय मिडियामा आएको छ ।









UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया