एमाले काठमाडौँको अध्यक्षमा निरौला निर्वाचित
मेरोन्यूज
२०८१ जेठ ३० गते ११:३७

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् ।
निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । उनी यसअघि पनि अध्यक्षनै थिए । निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन् ।
निरौला एमालेकाे तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।
त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन् । त्यस्तै सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।
सम्बन्धित


















इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया