टिभिएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।
जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको बानेश्वर शोरुमका सञ्चालक श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए ।
टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।












एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया