राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा केन्द्रीय कार्य सम्पादन समितिले तयार गरेको पार्टीको राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू पेश हुने बताइएको छ । हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिवेदन तयार पारेको हो ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धी राप्रपा नेपालको अवधारणा पत्र पेश गरिने छ ।
यस्तै, विजय महासेठद्वारा प्रस्तुत तराई–मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी पार्टीको वैकल्पिक मोडल सम्बन्धी प्रस्तावमा पेश गर्ने तयारी छ । । बैठक भोलिसम्म चल्नेछ ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया