तीन संसदीय समितिको बैठक बस्दै : मिडिया काउन्सिल विधेयकबारे छलफल हुने

काठमाडौँ । संघीय संसद्का तीन समितिको बैठक बस्दै छ । संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरवारमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि मध्यान्न सवा बाह्र बजे बस्दै छ । समितिकै सभा हलमा बस्ने बैठकमा जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा गरिने समिति सचिवालयले जनाएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । समितिले मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया