टी-२० विश्वकप: आजराती इङल्याण्ड र ओमान खेल्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज राति समुह बी अन्तर्गत इङल्याण्ड र ओमानबीच खेल हुदै छ । एन्टीगाको सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल आज राति १२; ४५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा इङल्याण्डले राम्रो शुरुवात गर्न सकेको छैन । पहिलो खेल स्कटल्याण्डविरुद्ध बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको इङल्याण्डले दोस्रो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो । इङल्याण्डको अहिले २ खेलमा एक अंक रहेको छ । त्यस्तै ओमानको भने यस विश्वकपमा यो अन्तिम खेल हो । यस अघि लगातार तीन खेलमा हार बेहोरेको ओमान समुह चरणबाटै बाहिरिएको छ ।
इङल्याण्ड र ओमानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा हुन लागेको यो पहिलो खेल हो ।
इङल्याण्डले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल ठुलो अन्तरले जित्नुपर्ने अवस्था रहेको छ । समुह बी बाट अस्ट्रेलिया लगातार तीन खेल जितेर सुपर आठमा पुगेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक खेल बर्षाले रद्ध भएपछि ५ अंक हासिल गरेको छ ।
अब स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दै छ । यस अवस्थामा इङल्याण्डले यो खेल तथा नामिबियासँगको खेल फराकिलो अन्तरले जितेमा तथा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा इङल्याण्डको सुपर आठको बाटो खुल्ने देखिन्छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया