बुधबार, चैत ११, २०८२

रमेश लेखकको प्रश्न- प्रधानमन्त्री डराएर संसदमा नआएको हो?

मेरोन्यूज २०८१ जेठ ३२ गते ११:२७

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण बारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउदै सरकारले संसदको गरिमालाई कम्जोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफुहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए ।

उनले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जादा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफुहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए ।

लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गरेका छन् ।

प्रतिक्रिया