क्रोसियामाथि स्पेनको शानदार जित
मेरोन्यूज
२०८१ असार २ गते ७:४९

काठमाडौँ । स्पेनले युरोकप अन्तर्गत क्रोसियामाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा स्पेनले क्रोसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले एक एक गोल गरेका थिए । स्पेनले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलमा क्रोसियाले धेरै अवसर पाएपनि गोलमा परिणत गर्न भने सकेन । क्रोसियाले खेलको ८०औ मिनेटमा पाएको पेनाल्टी ब्रुनो पेटकोभिकले मिस गरेका थिए ।
यो जितपछि स्पेनले युरोकपमा शानदार शुरुवात गर्दै समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब स्पेनले दोस्रो खेलमा इटालीसँग जुन २१ मा खेल्ने छ । त्यस्तै क्रोसियाले भने अर्को खेल जुन १९ मा अल्बानियासँग खेल्ने तालिका छ ।
सम्बन्धित
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया