सिडियोको पहलमा फतुवा बिजयपुरको विवाद मिल्यो

सञ्जय मिश्रा रौतहट २ असार । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिवाद मिले संगै प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान पक्का भएका छन।
पूर्व प्रशासकिय अधिकृत वकील पाल लाई राख्ने मेयर अम्बेया खातुनको अडान र अन्य जनप्रतिनिधिले प्रधान लाई राख्ने अडान लिएपछि नगरपालिकामा बिवाद उत्पन्न भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाता अघि उपसचिव प्रधानलाई त्यहाँ सरुवा गरेको थियो। मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँचदिन अघि त्यहाँ हाजिर समेत भएका थिए। उनलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले स्वागत समेत गरेका थिए।
तर कार्यवाहक मेयर खातुन प्रधानलाई अनेकथरी अपशब्द प्रयोग गर्दै उनलाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा स्वीकार नगर्ने अडान लिएकि थिइन्। उनको श्रीमान महमद सेराजले मेयरको सहमती बिपरित केही नेताले चलखेल गरेर प्रधानलाई ल्याएको आरोप लगाउँदै आएका थिए।
तर सनिवार रौतहटका सिडियो हिरालाल रेग्मिको पहलमा फतुवा विजयपुरको समस्या समाधान भएको छ।
सिडियो रेग्मीको अगुवाईमा प्रमुख प्रशासकिय अधिकृत उप सचिव सुरेन्द्र प्रधान र कार्यबाहक नगर प्रमुख अम्बेया खातुन बीचको मतभेद अन्त्य भएको छ । बिकास निर्माणका सवालमा मिलेर जाने र कार्यबाहक नगर प्रमुख खातुन,वडा अध्यक्ष लगायतका जनप्रतिनिधि सङको सहकार्यमा नगरको विकास निर्माणको काम अगाडि बढाउने सहमती भएको छ।
सहमती पछि जिल्ला प्रशासन कार्यालय भित्रै सिडियो रेग्मी, मेयर खातुन, अधिकृत प्रधान तथा नेताहरु सम्मिलित खिचिएको तस्विर सनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।
यस अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकील पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने भएका छन्।
यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ। यस अघि उनी कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहेका छन। फतुवा बिजयपुर नगरपालिकामा निर्वाचीत मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो।
लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै उनी र अन्य जनप्रतिनिधि बिच बजेट भागबण्डाको बिषय लिएर पटकपटक बिवाद हुँदै आएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया