मनाङमा खाद्य उत्पादन वृद्धि

मनाङ। विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९/८० मा भन्दा चालु आर्थिक वर्ष २०८०/८१ मा खेती उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । उनका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ ।
गत वर्ष एक सय पाँच हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेती दुई सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा खेतीयोग्य भूमि वृद्धि भएर एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती दुई सय १८ मेट्रिकटन उत्पादन भएको रेग्मीले बताए ।
आर्थिक वर्ष २०७९/८० मा ५५ हेक्टर क्षेत्रफलमा गरिएको जौखेती एक सय २१ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५० हेक्टर क्षेत्रफलमा मात्रै जौखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको जौखेती ९८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ६७ हेक्टर क्षेत्रफलमा उवाखेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट एक सय ४० मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा क्षेत्रफल घटेर ६५ हेक्टरमा मात्रै उवाखेती एक सय २८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष तीन सय दुई हेक्टर क्षेत्रफलमा गरिएको फापरखेती तीन सय २० मेट्रिकटन उत्पादन भएको छ । माथिल्लो मनाङमा फापर छर्ने कार्य भइरहेको छ । तल्लो मनाङमा यतिबेला गहुँ, जौ, उवाखेती थन्क्याउने काम सकिएको छ भने समुद्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइसम्मको माथिल्लो क्षेत्रमा गरिएको खेतीमा बाला लागिरहेको प्रमुख रेग्मीले बताए ।
जिल्लामा दुई हजार १७ हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्र हो । समुद्री सतहदेखि एक हजार आठ सयदेखि तीन हजार पाँच सय मिटर उचाइसम्म खेतीयोग्य भूमि रहेको छ । यहाँ आलु, गहुँ, करु, उवा, कोलु बोडी, जौलगायत अन्नबालीको उत्पादन हुन्छ । यहाँ धानखेती भने हुँदैन ।
विगतको तुलनामा सिञ्चित क्षेत्रमा नै खेती कम गरिएको पाइन्छ । समयमा हिउँ नपर्दा उत्पादनमा ह्रास आउने र खेतीतर्फ स्थानीयले चासो कम दिएको पाइएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया