सलमानको घरमा भएकाे गोलाबारीमा संलग्न थप एक जना पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलाबारीबारे नयाँ अपडेट आएकाे छ। मुम्बई प्रहरीले यस मामिलामा नयाँ मुद्दा दर्ता गरेको हाे।
प्रहरीका अनुसार एक व्यक्तिले युट्युबमा ‘अरे छोडो यार’ नामक च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए, जसमा उनले लरेन्स ग्याङको बारेमा चर्चा गरेका छन् । उनले सलमान खानलाई मार्ने षड्यन्त्रको पनि उल्लेख गरेका छन् ।
घटनाको गम्भीरता देखेर मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि राजस्थान गएको थियो । त्यहाँबाट टोलीले बनवारीलाल लातुरलाल गुजर नामका २५ वर्षीय युवकलाई पक्राउ गरेर नयाँ मुद्दा दर्ता गरेको हाे।
सोधपुछपछि आरोपीले सलमानमाथि आक्रमण गर्ने योजनामा आफू संलग्न रहेको स्वीकार गरेका छन् । उनले धेरै खुलासा पनि गरेका छन् । उनले भने– ‘मैले सलमानलाई यो कुरा बुझाएको थिएँ तर उनले मानेनन् । हाम्रो इगो हर्ट भएको छ । सलमानसँग Y+ सुरक्षा छ। जसले हामीसँग टक्कर गर्छ, तर हामी उसलाई हराउनेछौं।’
१४ अप्रिलमा दुई बाइक सवार आक्रमणकारीले सलमानको घरमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर गरेका थिए। प्रहरीका अनुसार लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया