कियारामाथि क्याबिन क्रु सदस्यलाई दुर्व्यवहार गरेको आरोप

मुम्बई । एक क्याबिन क्रु सदस्यले बलिउड अभिनेत्री कियारा आडवाणीको बारेमा चकित पार्ने खुलासा गरेकी छन् । उनले कियारासँगको यात्राका दौरान निकै खराब अनुभव रहेको बताएकी छन् ।
क्रु मेम्बरले यात्राको क्रममा कियारालाई काजू र बदाम प्रस्ताव गरिएको र उनले नराम्रो स्वरमा लिन अस्वीकार गरेको बताइन् । त्यसपछि कियाराले आफ्नो असिस्टेन्टलाई बोलाएर काजू दिन अनुरोध गरेकाे उनले बताइन्।
केबिन क्रु सदस्यले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् ।
यो अन्तर्वार्ताको केही अंश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसको कमेन्ट सेक्सनमा मानिसहरूले विभिन्न खालका टिप्पणी गरिरहेका छन् । एक प्रयोगकर्ताले पनि उनले पहिलो पटक भेट्दा कियारासँगको अनुभव पनि राम्रो नभएको टिप्पणी गरेका छन् ।
तर, यो भिडियोमा धेरै फ्यान कियाराको समर्थनमा पनि आएका छन् । कियाराको स्वभाव यस्तो नरहेको फ्यानहरूले बताएका छन् । उनी धेरै मीठो र दयालु महिला भएको उनीहरूको भनाई छ ।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया