कति दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक ?

दूध पिउनु स्वस्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। जति धेरै दूध पियाे, त्यति नै फाइदा हुन्छ भन्ने धेरैको विश्वास छ । तर कुनै पनि कुराको अधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ। कुनैपनि चिजकाे सेवन सही मात्रामा गरेमात्र त्यसबाट फाइदा लिन सकिन्छ ।
दूधलाई पौष्टिक र पूर्ण आहार मानिन्छ। विशेषगरी अभिभावकले बालबालिकाको उचित विकास र वृद्धिका लागि बढी मात्रामा दूध खुवाउने गर्छन् । तर, यसकाे सही मात्रा बुझेर मात्र सेवन गराउनु उचित हुन्छ ।
बढी दूध पिउनुका यस्ता छन् बेफाइदा :
चिसो, खोकी, अपच, पखाला, छाला रोग भएकाे अवस्थामा दूध पिउनु हुँदैन । यसबाहेक दुधबाट एलर्जी भएका मानिसहरूका लागि पनि हानिकारक हुनसक्छ, जसलाई ल्याक्टोज इन्टलरन्स भनिन्छ।
स्वीडेनमा गरिएको एक अनुसन्धानका अनुसार ३ कपभन्दा बढी दूध पिउनाले हड्डीको समस्या देखा पर्नुका साथैर मृत्युसमेत हुने खतरा बढ्छ । बच्चाहरूलाई धेरै दूध खुवाउँदा त्यसमा पाइने क्यालोरीहरूले पेट भरिएको महसुस गराउँछन्, जसले गर्दा बच्चाहरूले खानामा रुचि लिन सक्दैनन्।
कति दुध पिउनु उपयुक्त ?
स्वस्थ व्यक्तिले नियमित दूध पिउनु राम्राे मानिन्छ । दूधमा क्याल्सियम, भिटामिन बी १२, भिटामिन डी, क्यालोरी, पोटासियम, प्रोटिन पाइन्छ । जसले शरीरलाई आवश्यक पोषण प्रदान गर्दछन्। आहारविद्हरूका अनुसार वयस्कले प्रति दिन ३ कप (७५० एमएल) दूध पिउनु फाइदाजनक हुन्छ । यस्तै बच्चाहरूले प्रति दिन २.५ कप दूध पिउनुपर्छ।
यद्यपि, यो मात्रा प्रत्येक व्यक्तिको शारीरिक आवश्यकता अनुसार बढ्न वा घट्न सक्छ। सन्तुलनको कुरा गर्ने हो भने, दैनिक ५०० एमएल दूध शरीरलाई क्याल्सियम र भिटामिन डीको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया