एमालेको अझै १२ जिल्लाको अधिवेशन बाँकी, सचिवालयले निर्णय लिने

काठमाडौं । सत्तासिन दल नेकपा (एमाले) ले आफुले तय गरेको कार्यतालिका अनुसार अझै एक दर्जन जिल्लाको जिल्ला अधिवेशन समयमा गर्न सकेन ।
उसले जेठ मसान्तसम्म भूगोल र गैह भूगोलका गरी सबै जिल्लाका अधिवेशन सक्ने र असार १ गतेबाट संगठन शुद्धीकरण र सुदृढीकरण कार्ययोजना लागू गर्ने निर्णय गरेको थियो ।
तर अहिलेसम्म भूगोलका ७७ मध्ये ६६ र गैह भूगोलका ४ मध्ये तीन वटा जिल्लाको मात्र एमालेले जिल्ल अधिवेशन सकेको छ ।
अझै उसले भूगोलका ११ र गैह भूगोलका १ गरी १२ जिल्लाको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिएका छन् ।
सुब्बाका अनुसार, अब कोशी प्रदेशका तीन जिल्ला इलाम, मोरङ, तेह्रथुम मा अधिवेशन हुन बाँकी छ ।
मधेस प्रदेशका सिराहा, सप्तरी र धनुषामा पनि अधिवेशन हुन बाँकी छ ।
त्यस्तै, गण्डकीको मनाङ, कर्णालीको डोल्पा, सुदूरपश्चिमको डोटी, बझाङ र अछामको अधिवेशन हुन बाँकी छ । गैरभौगोलिकतर्फ युवा विद्यार्थी जिल्लाको अधिवेशन बाँकी छ ।
पार्टीले बनाएको कार्ययोजना अनुसार तोकिएको समयसिमाभित्र अझै एक दर्जन जिल्लाको अधिवेशन हुन बाँकी रहेकोले अब ती जिल्लाको अधिवेशनबारे पार्टीको सचिवालय बैठक बसेर निर्णय लिइने निर्वाचन अयोग प्रमुख सुब्बाले जानकारी दिए ।
‘अधिवेशन गर्न बाँकी रहेका जिल्लाका सन्दर्भमा अब बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्णय गर्नेछ,’ सुब्बाले भने ।
















सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया