केन्यामा विदेशी शरणार्थीको भार बढ्दो

केन्याले २० भन्दा बढी देशहरूबाट अनुमानित सात लाख ७५ हजार शरणार्थीलाई आश्रय दिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले जनाएको छ ।
केन्याको काकुमामा रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त उपकार्यालयका प्रमुख नन्दुरी सतीशले जानकारी दिएअनुसार १० हजार शरणार्थीहरू सहरी क्षेत्रमा बसोबास गरिरहेका छन् ।
करिब ९० प्रतिशत शरणार्थी सोमालिया, दक्षिण सुडान,े लोकतान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया र बुरुन्डीका रहेको उत्तरपूर्वी केन्याको ककुमा शरणार्थी शिविरमा सतीशले बताए ।
उत्तरपूर्वी केन्याको दादाब शरणार्थी शिविरमा तीन लाख ७५ हजार शरणार्थी रहेको बताउदै उहाँले काकुमाको शरणार्थी शिविरमा दुई लाख ८८ हजार शरणार्थी छन् ।
पाँच वर्षअघि शरणार्थीको सङ्ख्या छ लाख रहेको तर पूर्वी अफ्रिका क्षेत्रमा अस्थिरताका कारण यो सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।
खडेरी र अत्यधिक गर्मीजस्ता जलवायु परिवर्तनको प्रभावबाट बच्न शरणार्थीका लागि केन्या सुरक्षित गन्तब्य बनेको युएनएचसीआरका अधिकारीले बताए ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया