बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द

नेपालगञ्ज(बाँके)। बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पु¥याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । उनले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए।
प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । “अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन”, उनले भने ।कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गरे ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया