मंगलबार, वैशाख २२, २०८३

‘विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ’

मेरोन्यूज २०८१ असार ६ गते १७:३५

गोदार।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताएका छन् ।

Advertisement
NiccNicc

जनकपुरधाममा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आज आयोजना गरिएको ट्राफिक जनचेतनामूलक कार्यक्रममा उनले विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राखेपछि सडक दुर्घटनामा कमी आउने बताए । 

आजका बालबालिका भोलिका भविष्य भएकाले बालबालिकाकै विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकाले यसले समाजमा ठूलो परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री सिंहले बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए । 

ट्राफिक नियम पालना गराउनका लागि उनले आग्रह गरे । चालकले सवारी सधानको अवस्थाका बारेमा पूर्व जानकारी राख्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । 

कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया