कोपा अमेरिका :अर्जेन्टिनाको विजयी शुरुवात
मेरोन्यूज
२०८१ असार ७ गते ९:१२

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औं मिनेटमा र मार्टिनेजले खेलको ८८औ मिनेटमा गोल गरेका थिए ।
कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया