अनुपम खेरको अफिसमा चोरी

काठमाडौँ। बलिवुड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ ।
कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएको अभिनेता खेरले जानकारी दिएका छन् । यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेको उनले बताएका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएको र मुम्बई प्रहरीमा उजुरी दिएको बताए ।
अनुपम खेरले बताएका छन्- ‘हिजो राति मेरो वीर देसाई रोडको अफिसमा दुईजना चोरले मेरो अफिसको दुई वटा ढोका तोडेर लेखा विभागको पूरै सेफ (जुन सायद तोड्न सकेनन्) र हाम्रो कम्पनीले निर्माण गरेको फिल्मको नेगेटिभ सामान चोरेर लगेका थिए । हाम्रो कार्यालयले एफआईआर दर्ता गरेको छ । सीसीटीभी क्यामेरामा दुवैजना सामान बोकेर अटोमा बसेको देखिएकाले छिट्टै चोरहरु समातिने प्रहरीले आश्वासन दिएको छ । भगवानले उनिहरुलाई सद्बुद्धि दिउन ।’
चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख भारु बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए ।
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया