बजेटको विवादले आज पनि बागमती प्रदेश सभा बैठक स्थगित

बागमती। बागमती प्रदेश सभाको शुक्रबारको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ। निर्धारित समयभन्दा दुई घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।
बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरूबीच बजेटको विषयलाई लिएर सहमति हुन नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो।
बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी दलहरू कांग्रेस र राप्रपाले प्रदेश सभा बैठकमा विरोध जनाएपछि बैठक प्रभावित हुँदै आएको छ। बजेटमाथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका थिए।
उनीहरूले बजेट पुनः लेखन गर्न माग गर्दै आएका छन्। बजेट पुनः लेखन नभएसम्म बैठक चल्न नसक्ने प्रतिपक्ष दलहरूको चेतावनी छ।
बजेटमाथिको विवाद समाधान गर्न बिहीबार बिहान बोलाइएको सर्वदलीय बैठकसमेत बस्न सकेको छैन। सत्तापक्ष दलहरूबीच सहमति जुट्न नसक्दा सर्वदलीय बैठक र प्रदेश सभा बैठकसमेत प्रभावित भएको हो।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया