बजेटको विवादले आज पनि बागमती प्रदेश सभा बैठक स्थगित

बागमती। बागमती प्रदेश सभाको शुक्रबारको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ। निर्धारित समयभन्दा दुई घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।
बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरूबीच बजेटको विषयलाई लिएर सहमति हुन नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो।
बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी दलहरू कांग्रेस र राप्रपाले प्रदेश सभा बैठकमा विरोध जनाएपछि बैठक प्रभावित हुँदै आएको छ। बजेटमाथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका थिए।
उनीहरूले बजेट पुनः लेखन गर्न माग गर्दै आएका छन्। बजेट पुनः लेखन नभएसम्म बैठक चल्न नसक्ने प्रतिपक्ष दलहरूको चेतावनी छ।
बजेटमाथिको विवाद समाधान गर्न बिहीबार बिहान बोलाइएको सर्वदलीय बैठकसमेत बस्न सकेको छैन। सत्तापक्ष दलहरूबीच सहमति जुट्न नसक्दा सर्वदलीय बैठक र प्रदेश सभा बैठकसमेत प्रभावित भएको हो।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया