एक्सन ‘दान्भी’ र बायोपिक फिल्म ‘आचार्य’ प्रदर्शन

काठमाडौँ। आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ ।
चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको थियो । चलचित्रका केही दृश्य सम्पादनसहित आजदेखि पुनः प्रदर्शन गरिएको हो । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा स्वर्गीय गायक आचार्यको भूमिका उहाँकै छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् ।
“चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि प्रदर्शन गरिएको हो”, गायक तथा अभिनेता आचार्यले भने ।
चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतले अभिनय गरेका छन्। गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
आजैदेखि प्रदर्शन भएको चलचित्र ‘दान्भी’ मा अभिनेत्री पूजा शर्मासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । रुपेश तामाङले निर्देशन गर्नुभएको चलचित्र नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ ।
















बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया