विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सात रनको जित निकालेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो निरन्तर छैटौं जित हो।
शनिबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।
सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६५ रन बनाए। ३८ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का हिर्काएका थिए।
रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि ओपनरले ८६ रनको साझेदारी गरेका थिए। डेभिड मिल्लरले २८ बलको सामना गर्दै नटआउट ४३ रन बनाउँदा दुई छक्का र चार चौका प्रहार गरे।
दक्षिण अफ्रिकाको आक्रामक व्याटिङलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिँदा मोइन अली र अदिल रसिदले एक-एक विकेट हात पारे।
१६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए। ३७ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए। लियाम लिभिङ्स्टोनले ३३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान गर्न सकेनन्। इंग्ल्यान्डमाथि रोचक जित निकाल्न दक्षिण अफ्रिकाका बलर कागिसो रबडा र केशव महाराजले दुई–दुई विकेट लिए भने आर्नियल बार्मिन र अर्निच नोर्कीयाले एकएक विकेट हात पारे।
‘सुपर ८’ को पहिलो खेलमा अमेरिकाविरुद्ध १८ रनको जित निकालेको दक्षिण अफ्रिकाले यो जितसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
सुपर ८ को पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इंग्ल्यान्ड भने दोस्रो खेल खेल्दा दुई अंकमा सीमित भएको छ। यो समूहमा अमेरिका र वेस्ट इन्डिजले खाता खोल्न सकेका छैनन्।
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया