अष्ट्रियासँग पोल्याण्ड पराजित

काठमाडौं। जर्मनीमा जारी युरोकप फुटबलमा अष्ट्रियाले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पोल्याण्डलाई ३–१ गोलले हराउँदै अष्ट्रिया विजयी भएको हो ।
अष्ट्रियाका गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले एक–एक गोल गरेका थिए भने पोल्याण्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काएका थिए ।
खेलको नवौँ मिनेटमा अष्ट्रियाका ट्राउनरले सुरुवाती गोल गरेका थिए । तर ३०औँ मिनेटमा पोल्याण्डका क्रिस्जटोफले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ६६औँ मिनेटमा बाउमगार्टनर र ७८औँ मिनेटमा एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई ३–१ गोलको अग्रता दिलाए ।
यो जितसँगै दुई खेलबाट अष्ट्रियाले ३ अंक जोडेको छ । पराजित भएको पोल्याण्ड अंकविहीन हुँदै युरोकपबाट बाहिरिने पहिलो टोली बनेको छ । यो समूहमा रहेका नेदरल्यान्ड्स र फ्रान्सको ४–४ अंक छ ।
अब अष्ट्रियाले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग र पोल्यान्डले फ्रान्ससँग खेल्नेछ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया