युरोकप – जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
मेरोन्यूज
२०८१ असार ९ गते ७:४२

काठमाडौँ । जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । जारी युरोकपको समुह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन् ।
पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन् । पहिलो खेलमा जर्जिया टर्कीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिक पोर्चुगलसँग २-१ गोलले पराजित भएको थियो ।
अब समुह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक रिपब्लिकले सोहि दिन टर्कीको सामना गर्ने छ ।
सम्बन्धित












EU urges calm, restraint to avoid escalation in Venezuela
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया