पोर्चुगल जारी युरोकपको नकआउट चरणमा
मेरोन्यूज
२०८१ असार ९ गते ७:५१

काठमाडौँ । पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।
यो पोर्चुगलको लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो । समुह एफ मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ । त्यस्तै टर्कीको २ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
अब पोर्चुगलले समुह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोहि दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया