सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ : मन्त्री अर्याल

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्ने देखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुराएको बताएका हुन ।
समापन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले सहकारीले गाउँ गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । ‘सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ ।
उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ,’ उनले भने । सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको छ ।
तर, केही निश्चित व्यक्तिको बदमासीको कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको उनले बताए । ‘तिनै बदमासले सहकारी संघ संस्थाका व्यक्तिलाई उचाल्ने, सहकारी क्षेत्रमा हुलहुज्जत गर्ने र सहकारीको बदनाम गराउँदैछन,’ उनले भने । तर, सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको सहयोगलाई विर्सन नहुने उनले जिकिर गरे । त्यसैले सहकारीको योगदानको बिषयमा ठूलो बहस नै चलाउनु पर्ने उनले बताए ।
राष्ट्रिय सहकारी महासंघले गत शुक्रबार देखि सहकारी रोजगार मेलाको आयोजना गरेको हो । संघको परिसरमा नै मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न स्टल तथा छलफल पनि गरिएको थियो ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया