सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ : मन्त्री अर्याल

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्ने देखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुराएको बताएका हुन ।
समापन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले सहकारीले गाउँ गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । ‘सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ ।
उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ,’ उनले भने । सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको छ ।
तर, केही निश्चित व्यक्तिको बदमासीको कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको उनले बताए । ‘तिनै बदमासले सहकारी संघ संस्थाका व्यक्तिलाई उचाल्ने, सहकारी क्षेत्रमा हुलहुज्जत गर्ने र सहकारीको बदनाम गराउँदैछन,’ उनले भने । तर, सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको सहयोगलाई विर्सन नहुने उनले जिकिर गरे । त्यसैले सहकारीको योगदानको बिषयमा ठूलो बहस नै चलाउनु पर्ने उनले बताए ।
राष्ट्रिय सहकारी महासंघले गत शुक्रबार देखि सहकारी रोजगार मेलाको आयोजना गरेको हो । संघको परिसरमा नै मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न स्टल तथा छलफल पनि गरिएको थियो ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया