कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता शेरधन राईले राष्ट्रिय समाचार समिति (रासस) मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालमा के भयो र ? भनी निराशा फैल्याउने क्रमलाई यो प्रदर्शनीले चिरेको बताए ।
प्रदर्शनीमा राखिएका तस्बिर गणतन्त्रका उपहारका रुपमा रहेको उल्लेख गदै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले आफू कोशी प्रदेशको मुख्यमन्त्री भएका बेला पनि धेरै सडक कालोपत्र गरिएको स्मरण ग।े ।
हाम्रै पालामा समृद्धि पस्कन सकिन्छ भन्ने भएपनि राजनीतिक अस्थिरताले त्यसलाई प्रभाव पारेको नेता राईले बताए । राजनीतिक स्थिरता र सुशासन विना समृद्धि सफल छैन यसैले अस्थिरता तोड्न सबै दल एकै ठाउँमा आउनुपर्ने भनाइ पनि उनले राखे।
इञ्जिनियर तिमिला यमीलगायत इञ्जिनियरिङका विद्यार्थीको समूहले पनि राससमा जारी तस्बिर प्रदर्शनीको अवलोकन गरेको छ । अवलोकनपछि प्रतिक्रिया दिँदै इञ्जिनियर यमीले तस्बिरलाई पुस्तकका रुपमा प्रकाशन गरिनुपर्नेमा जोड दिए ।
गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायोगमा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।
विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनी सोमबारसम्म जारी रहने जनाइएको छ ।

















‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया