‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

काठमाडौँ । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ ।
कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल(२०२४’मा सहभागी हुन पाउनेछन् । “यस वर्ष ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल(२०२४ घोषणा गरिएको छ”, उनले भने, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।” त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल(२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ ।
कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगता आयोजना गर्दै आएको छ । उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार छन् ।









राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया