जितसँगै इङल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
इङल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा इङल्याण्डका बलर क्रिस जोर्डनले १९औ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए।
यो जितपछि इङल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यस्तै यस समुहबाट अब सोमबार बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया