१८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना नायव उपरीक्षकको सरुवा

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा सरुवा गरिएको हो ।
२ वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरुको एकैपटक सरुवा गरिएको हो । सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।
पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ ।
सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै जेष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया