कपिलवस्तुका १० मध्ये २ पालिकाले ल्याएनन् बजेट

बुटवल । कपिलवस्तुका १० स्थानीय तहमध्ये ८ पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जिल्लाको शुद्धोदन र मायादेवी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि बजेट निर्धारित समयमा ल्याउन सकेको छैनन् ।
असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । जस अनुसार कपिलवस्तुका कपिलवस्तु बुद्धभुमि, बाणगंगा, शिवराज, महराजगंज र कृष्णनगर नगरपालिकाले सोमबार बजेट ल्याएका छन् । यस्तै बिजयनगर गाउँपालिकाले पनि वार्षिक नीति र कार्यक्रमसहित बजेट ल्याएको छ ।
यसअघि कपिलवस्तु नगरपालिकाले ९६ करोड १८ लाख ८३ हजारको बजेट ल्याएको थियो । बुद्धभुमि नगरपालिकाको बजेट १ अर्ब २० करोड ३२ लाख ९६ हजार रहेको छ । महाराजगन्ज नगरपालिकाको बजेट १ अर्ब ३ करोड ४९ लाख रहेको छ ।
यस्तै बाणगंगा नगरपालिकाको बजेट १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार रहेको छ भने शिवराज नगरपालिकाले १ अर्ब २४ करोड ७९ लाख ५६ हजारको बजेट ल्याएको छ । कृष्णनगर नगरपालिकाले बजेट ७१ करोड ४० लाख ३६ हजारको बजेट ल्याएको छ । यस्तै बिजयनगर गाउँपालिकाको ६४ करोड २५ लाख ५० हजार बजेट ल्याएको छ । जिल्लाका अधिकांश स्थानीय तह शिक्षा र स्वास्थ्यमा केन्द्रित भएर बजेट ल्याएका छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया