रंगेली नगरपालिकाको बजेट ७२ करोड

माेरङ। मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको छ । नगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । उपप्रमुख भूमा पराजुलीले ७२ करोड ४ लाख १५ हजार ५८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरे।
सभाले चालु तर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु खर्च भित्र रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च रहेको छ । आय तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १४ करोड ७० लाख, शसर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपुरक अनुदान तर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी राजश्व तर्फ आन्तरिक राजश्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजश्व बाँडफाँडबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् । त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय शसर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार, शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायीक समिति १३ लाख १५ हजार, पशुपंक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र समाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताए ।
त्यसैगरी पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय शसर्त ३ करोड ८८ लाख, सघीय समपुरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ । नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक÷शिक्षिकालाई र नगरप्रहरी सुनिता पौडेलीलाई उत्कृष्ट कार्य गरेवापत सम्मान समेत गरिएको थियो ।
रंगेलीको चौतर्फी पूर्वाधार विकास र उज्यालो नगर बनाउन अहोरात्र लागि परेका नगरपालिकामा कार्यरत करण ठाकुरलाई विशेष सम्मान गरिएको थियो । नगरसभापछि मेयर बगडीयाले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखिएको जानकारी दिए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया