फोनपेले गर्यो २५ करोडको युपिआई कारोबार

काठमाडौँ । फोनपेले भारतीय यात्रुहरूद्वारा नेपालभरि (यूनिफाइड पेमेन्ट्स इन्टरफेस) युपिआईको प्रयोगमा ठूलो बृद्धि भएको घोषणा गरेको छ। फेब्रुअरी २८ मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ७७ वटै जिल्लामा १ लाख भन्दा बढी कारोबार भएका छन्। धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन्। युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ भने जसका कारण यात्रा सहज पनि भएको छ। यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि बिगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको कम्पनीको दाबी छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, “नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउँदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ। हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं “फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ। यसका लागि फोनेपे नेपालले राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा गरिरहेको जनाइएको छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया