देशभरका ४ सय २९ गाउँपालिकाले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौँ । देशभरका ४ सय २९ गाउँपालिकाले बजेट ल्याएका छन् । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरूले आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्र आ–आफ्ना गाउँ तथा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
जसअनुसार अनुसार ४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिए । बाँकी ३० वटा गाउँपालिकाहरूमा सभाको अधिवेशन नै सुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको उनले बताए । स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो तेस्रो नीति तथा कार्यक्रम र बजेट हो । आज देशैभर उत्साहजनकरुपमा सभामा बजेट पेस भएको उनले बताए ।
आज बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा अध्यक्ष अस्वास्थ्य भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबिच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको उनले बताए । आज पेस गर्न नसकेका गाउँपालिकाहरूले केही दिनमा नै सभा सुरु गर्ने जानकारी प्राप्त भएको उनले बताए । यस्तै महानगरपालिका सबै, एकाधबाहेक उपमहानगरपालिका सबै र अधिकांश नगरपालिकाले पनि बजेट ल्याएका छन् । देशभर ७५३ स्थानीय तह रहेका छन् ।

















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया